डुडुवामा नेकपाको शुभकामना आदानप्रदान

समाचार

       

नेपालगञ्ज, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले बाँकेको डुडुवा गाउँपालिकामा सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

विजयादशमी, दिपावली, मोहरम, छठ, नेपाल सम्वत लगायतका पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरिएको युवा नेता सगिर खाँले जानकारी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश यादव, नेकपाका नेता निरक गुरुङ, रत्न खत्री,गोपाल गिरी, पदम धिताल, दामोदर आचार्य, कप्तान पाठक, शकील अहमद खाँ डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी लगायत उपस्थित थिए ।

नेकपाले कात्तिक २१ गते नेपालगञ्जस्थित पार्टी कार्यालयमा मुख्य मन्त्री शंकर पोख्रेल र पार्टीका प्रदेश अध्यक्ष ओनसरी घर्तीको उपस्थितीमा चियापान कार्यक्रम गर्दैछ ।

तपाईको प्रतिक्रिया