विदेशी संस्कृतिका कारण नेपाली संस्कृति समस्यामा : सभामुख महरा

राजनीति

       

घोराही, २१ कार्तिक । सभामुख कृष्णबहादुर महराले नेपाल बाह्य संस्कृतिको सिकार बन्दै गइरहेको बताएका छन् ।

दलित कला, संस्कृति प्रवद्र्धन तथा सामुदायिक विकास केन्द्रले दाङमा आयोजना गरेको सोरठी देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “विदेशी संस्कृतिका कारण नेपाली संस्कृति समस्यामा परेको छ ।”

सभामुख महराले देशको कला, संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा राज्यले एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिदैं आफ्नो संस्कृति प्रवद्र्धनका लागि युवा वर्ग सचेत भएर लाग्नुपर्ने बताए ।

“नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देश हो, यसको संरक्षणमा राज्यको प्राथमिकता हुनुपर्छ”, उनले भने, “नेपालको मौलिक संस्कृतिको संरक्षण गर्न युवाको भूमिका महत्वपूर्ण हुनुपर्छ ।”

तपाईको प्रतिक्रिया