भारतीय उद्योग परिसंघको आयोजनामा निर्माण उपकरणको प्रदर्शनी

अर्थ/वाणिज्य

       

काठमाडौं, ६ मंसिर । भारतीय उद्योग परिसंघ (सीआईआई) को आयोजनामा भक्तपुरमा नेपालकै ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सिआईआई कन्म्याक २०१८’ शुरू भएको छ ।

भक्तपुरको सल्लाघारीस्थित ओपन ग्राउन्डमा शुरू भएको प्रदर्शनी शनिवारसम्म चल्ने छ । प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी उपस्थित थिए ।

नेपालस्थित भारतीय दूतावासको सहकार्यमा शुरू भएको ३ दिने प्रदर्शनीमा जेसीबी, एल एण्ड टी, हुन्डाई, केटरपिलर, टाटा हिटाचीजस्ता ठूला कम्पनीसहित भारतका १ सय ५० बढी कम्पनीले आफ्ना उत्पादन तथा सेवालाई प्रदर्शनीमा राखेका छन् ।

पहिलेदेखि नै उच्च तहमा चलिआएको औद्योगिक सहकार्यलाई प्रर्दशनीले २ देशबीचको औद्योगिक र व्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुवै देशका उद्योगलाई जोड्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया