नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई सम्मान

अर्थ/वाणिज्य

चन्दनकुमार यादव

       

राजविराज, ८ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सप्तरी शाखाले अभिकर्ता सम्मान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार राजविराज शाखाको आयोजनामा गरिएको सम्मानमा सबभन्दा बढी बीमा गराउन सफल भएका, वरिष्ठ, नयाँ एजेन्सी म्यानेजरहरूलाई सम्मान तथा दोसल्ला ओढाएर सम्मान गरेको हो ।

प्रमुख अतिथि नेपाल लाइफ ईन्स्योरेन्स क्षेत्रीय प्रबन्धक टीका दत्त प्याकुरेल नेपाल लाइफ इन्स्योरेन्स यस आर्थिक वर्षमा पूर्वाञ्चलमा १ अर्बभन्दा बढी प्रिमियम संकलन भएको बताए ।

उनले भने देशमा जीवन बीमा गराउने १९ जीवन बिमा कम्पनी मध्ये नेपाल लाईफ बढी चुक्ता पुंजी गराउन सफल र जीवन बिमा को पहिलो कम्पनी भएको बताउँदै सबभन्दा बढी विश्वनीय भएको बताए ।

लाइफ इन्स्योरेन्स कम्पनीले शाखा र उप शाखा गरी एक सय ३५ वटा शाखा कार्यालय विस्तार भएको भन्दै सबै कम्पनीभन्दा बढी ९० हजार अभिकर्ता कार्यकर्ता भएको कम्पनी भएकोले नेपाल लाइफमै जीवन बीमा गराउन आग्रह गरे ।

सो अवसरमा शाखा ईन्चार्ज पुर्षाेतम चौधरीले बिनित नहुन्जेल बिमा हुन सकदैन, त्यसैले बिनितको प्रतिफल दिने ठुलो कम्पनी रहेकोले यो कम्पनिले २५ लाख बिनित बनाएको बताए ।

उनले भने सबै भन्दा बढी प्रतिफल सँगै बोनस बढी दिने नेपाल लाईफ कम्पनीका अभिकर्ताले ईमान्दारिता पुर्वक, जोसजागर साथ पेसालाई निरन्तरता दिईदै बिनितमा बिश्वास दिलाएर बिमा गराउन आग्रह गरेको छ ।

सो अवसरमा प्रमुख अतिथि टीका दत प्याकुरेल,वाट नयाँ एजेन्सी म्यानेजर, तथा पेशागत बिमा अभिकर्ता सँघ नेपाल राजबिराजका अध्यक्ष दसरथ दास, कैलास झा, मोकेन्द्र यादब पिन्टु शाखा म्यानेजर पुर्षाेतम चौधरी, नयाँ ऐजेन्सी म्यानेजर बनेको सरिता मण्डल, बिश्वेवर दास, नितु कर्ण, प्रदिप साह, बिसी बनेका दुनाई प्रसाद गिरी, निर्मल श्रेष्ठ, रूदनारायण चौधरी, महेश्वर झा, लाई दोसला ओढाएर सम्मान गरेको छ ।

त्यसैगरी सो अवसरमा उपस्थित अतिथि तथा अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया