सरकार आफै क्रिश्चियन धर्मको प्रचारमा लागेको छ : पटेल

राजनीति

       

वीरगंज, १५ मंसिर । हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले गद्दार नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमेको भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।

नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गराउनका लागि संघर्ष जारी रहेको र धार्मिक सामाजिक कार्य गरी संगठन निर्माण कार्य गरिरहेको बताए । यस कार्यमा सक्रियताका साथ लाग्न हिन्दू परिषद्का सम्पूर्ण जिम्मेवार साथीहरुलाई आग्रह गरेका थिए ।

सरकार आफैं क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका छन् । क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले काठमाडौंमा गर्न लागिएको ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको आरोप लगाएका हुन् ।

धर्ममान्तरमा कुख्याति कमाएका संस्थालाई सरकार प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’ भन्ने चरित्र देखाएको बताए ।

उनले क्रिश्चियनसँग पैसा खाएर नेपाली नेताहरुले ॐ कार परिवार र सनातन हिन्दू धर्म सिध्याउन लागिपरेको आरोप लगाए । नेताहरुले दोहोरो चरित्र देखाएको आरोप उनले लगाएका छन् । बाहिर हिन्दू भने पनि भित्रभित्रै पैसा खाएर क्रिश्चियनको प्रचारमा लागेको उनको आरोप छ ।

हिन्दू परिषद् नेपालको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला भव्यताका साथ सम्पन्न गरेको छ । हिन्दू परिषद् नेपाल प्रदेश न.२ का अध्यक्ष पंडित सचितानन्द दुबेको सभापतित्वमा सम्पन्न कार्यक्रममा हिन्दू परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता, महासचिव अनिरुद्ध सिंह, सचिव सुरेश साह र कोषाध्यक्ष संजय सर्राफले आआफ्नो धारणा राखेका थिए ।

यसैगरी, केन्द्रिय सदस्यहरु लालबाबू पटेल, शुकदेव साह कानू, अजिता देवी, चित्तरंजन श्रीवास्तव, हिन्दू महिला परिसदका केन्द्रिय अध्यक्ष सुनीता रौनियार,युवा परिसद नेपालका केन्द्रिय अध्यक्ष सजना खटिवटा, उपाध्यक्ष सुनील साह,हिन्दू बिद्यार्थी परिसद प्रदेश न.२ का अध्यक्ष कृष्ण कान्त शास्त्री,हिन्दू परिसद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,सलाहकर चन्द्रनारायण सिंह रिजाल, बारा जिल्ला अध्यक्ष दीपक दास, रौतहट जिल्ला अध्यक्ष ओमप्रकाश साह,सर्लाही जिल्ला अध्यक्ष सुनील यादव,महोत्तरी जिल्ला अध्यक्ष दीपक चौधरी, धनुषा जिल्ला अध्यक्ष शत्रुधन साह,सप्तरी जिल्ला अध्यक्ष सुनीता साह,हिन्दू बिद्यार्थी परिसद पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव, हिन्दू महिला परिसद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल,हिन्दूवादी अगुवा राजेश सिंह,अशोक गुप्ता लगायतका ले नेपाल पुनः हिन्दू रास्ट्र हुनु पर्छ भन्ने कुरामा जोड़ दिएका थिए ।

नेपालको पहिचान एवं सम्पूर्ण नेपालीहरुको सम्मानका लागि परिषद् कार्य गरी रहने बताए । देशका गदार नेपालको दोहरो चरित्रका कारण नेपालीहरुको पहिचान ओझेलमा परेको कडा आपत्ति व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया