प्रधानमन्त्री ओली र भारतका पूर्वप्रधानमन्त्री देवेगौडाबीच भेटवार्ता

राजनीति

       

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोल्टी क्राउन प्लाजामा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै जाने विषयमा उनीहरुबीच छलफल भएको छ ।

दुवै मुलुकलाई फाइदा हुनगरी जलस्रोतमा साझेदारी, महाकाली सन्धि र पञ्चेश्वर परियोजनालाई कार्यान्वयन गर्ने सम्बन्धमा समेत उहाँहरुबीच कुराकानी भएको सल्लाहकार डा भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया