महन्थ ठाकुर दिल्ली प्रस्थान

राजनीति

       

काठमाडौं, १६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता महन्थ ठाकुर भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

आइतबार दिउँसो ३ बजे राजपा नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि ठाकुर दिल्ली प्रस्थान गरेको राजपाका प्रवक्ता कृष्णा सिंहले मधेशवाणीलाई जानकारी दिएका छन् ।

उनले ठाकुरको यो भ्रमण कुनै राजनीतिक नभई व्यक्ति मात्र रहेको बताए । सो क्रममा राजनीतिक भेटवार्तासमेत हुनसक्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया