जुन दिन मधेशका पिछडावर्ग जागरुक हुन्छन्, त्यो दिन मात्रै मधेशको मुक्ति सम्भव हुन्छ : राजपा नेता यादव

राजनीति

       

काठमाडौं, १६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता महेन्द्र यादवले मधेशका पिछडावर्गहरु जागरुक नभएसम्म मधेशको मुक्ति सम्भव नरहेको दाबी गरेका छन् ।

नेपाल पिछडावर्ग (ओबीसी) महासंघले आइतबार मधेश मिडिया हाउसमा आयोजना गरेको साधारणसभा कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै राजपा नेता यादवले यस्तो दाबी गरेका हुन् ।

‘जुन दिन मधेशका पिछडावर्ग जागरुक हुन्छन् त्यो मात्रै मधेशो मुक्ति सम्भव हुन्छ’, नेता यादवले भने, ‘यो देशमा बहुसंख्यकरुपमा रहेका पिछडावर्गहरु आफ्नो अधिकारका लागि जारु हुनु आवश्यक छ ।’

उनले अधिकारको लडाईमा पिछडावर्गको समुदायको उल्लेखनीय योगदान रहेको जिकिर गरेका छन् । उनले पिछडावर्गका महिलाहरुलाई पनि आफ्नो अधिकारका लागि अगाडि आउनुपर्ने सुझाव दिएका छन् ।

महिलाहरु शिक्षित भए मात्र हरेक क्षेत्रमा बराबरीका लागि सहभागी हुनसक्ने बताए । उनले भने, ‘महिलाको हातमा बन्दूक आए मधेशले अधिकार पाउनेछन् ।’ सेना प्रहरीमा मधेशका महिलाको पनि सहभागिता हुनुपर्ने उनले जिकिर गरेका छन् ।

तपाईको प्रतिक्रिया