डा.सीके राउतलाई आज पनि हेर्दाहेर्दामै

राजनीति

       

काठमाडौं, १६ मंसिर । मुलुक विखण्डनको अभियोगमा राज्य विप्लवको मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको मुद्दामा आज पनि हेर्दाहेर्दामै समय सकिएको छ ।

राज्य विप्लवकै मुद्दामा डा. राउतले कैयौंपटक सफाइ पाइसकेका छन् भने पटकपटक प्रहरीले सोही मुद्दामा पक्राउ गर्दै आइरहेको छ ।

आइतबारको मुद्दामा पनि सरकारी वकिलहरुले हेर्दाहेर्दैमा राखेकोले कुनै फैसला हुन नसकेको स्रोतले बताएको छ ।

डा. राउतको पक्षमा वकालत गर्ने अधिवक्ता डा. सुरेन्द्र भण्डारीका अनुसार भोली सोमबार सम्भवतः केही फैसला हुनेछ ।

राज्य विप्लवकै मुद्दामा गत असोज २१ गते रौतहटस्थित जिल्ला अदालतमा तारिख लिन जाँदा प्रहरीले सोही मुद्दामा पक्राउ गरेको थियो ।

डा. राउतका दाजु जयकान्त राउतले कार्तिक १३ गते बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्वोच्च अदालतमा दायर गराएका थिए । सोहीअनुसार डा. राउतलाई सर्वोच्चमा उपस्थित गराइएको हो ।

अहिलेसम्म डा. राउतलाई ६ पटक तारिख दिँइदै आएको छ । फेरि सोमबार पनि बहस हुनेछ ।

तपाईको प्रतिक्रिया