महिला स्वयम्सेविका उपेक्षित भएको भन्दै प्रदेशसभालाई ध्यानाकर्षण

राजनीति

       

जनकपुरधाम, १७ मंसिर । प्रदेश २ की प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले महिला स्वयम्सेविकाहरु उपेक्षामा परेको भन्दै प्रदेशसभालाई ध्यानाकर्षण गराएकी छन् ।

प्रदेश २ को सोमबार बसेको प्रदेशसभा बैठकमा सांसद तिवारीले महिला स्वयम्सेविकाहरु विभिन्न किसिमका स्वास्थ्य शिविर तथा सामाजिक कार्यमा खटिँदा उनीहरुले पाउने भत्ता अति न्यून भएकोले प्रदेश सरकारले उचित मूल्यांकन गर्नुपर्ने माग गरेकी छन् ।

राजपा नेपालकी वरिष्ठ उपाध्यक्षसमेत रहेकी तिवारीले भनिन्, ‘जस्तोसुकै परिस्थितिमा महिला स्वयम्सेविकाहरु सेवा पु¥याउन जान्छन् तर, उनीहरुले पाउने भत्ता अति कम हुन्छ ।’

उनी भन्छिन्, ‘वार्ड सदस्यहरुमा जितेकाहरुले कम्तीमा सात/आठ हजार महिनाको तलब भत्ता पाउँछन् तर महिला स्वयम्सेविकाहरुलाई सात सय देखि एक हजारसम्म मात्र दिने गरिएको छ । तर, महिला स्वयम्सेविकाहरुमाथि अन्याय हुँदै आएको छ ।’

प्रदेशका महिला स्वयम्सेविकाहरुको कामको उचित मूल्यांकन गरी सम्मानजनकरुपमा तलब भत्ताको व्यवस्था हुनुपर्ने माग उनले गरेकी छन् ।

तपाईको प्रतिक्रिया