भूमि समस्या समाधान गर्न सरकार गम्भिर : प्रम ओली

राजनीति

       

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएका छन् ।

मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग सोमबार सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनताकै हितमा काम गर्ने बताएका छन् । “यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ । त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओली समक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी, पथरीका प्रमुख, उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया