कानूनलाई बाधक नभई विकासको साधक बनाउनुपर्दछ : मुख्यमन्त्री राउत

राजनीति

       

जनकपुरधाम, १७ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले विकास निर्माणको क्रममा कानूनलाई बाधक नभई साधक बन्नु पर्ने बताएका छन् ।

सर्वोच्च बार एशोसिएशनले सोमबार जनकपुरमा आयोजना गरेको कानून र विकास सम्बन्धि अन्तरक्रियात्मक सम्बाद कार्यक्रमको उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले कानूनकै अडचनहरुका कारण कतिपय विकास निर्माणका कार्यहरु प्रभावित भएकोले त्यसमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

उनले सभ्य समाज, सुशासन र विकास निर्माणको लागि कानूनलाई सहजकर्ता बन्नु पर्नेमा त्यसो हुन सकेको प्रति चिन्ता व्यक्त गरे । सार्वजनिक खरिद ऐनकै कारण विकास निर्माणका कार्यक्रमहरु प्रभावित भै रहेको प्रशस्तै उदाहरणहरु रहेपनि त्यसमा सुधार गर्न तर्फ सम्बन्धित पक्षहरुले चाँसो नदेखाउनु दुःखद रहेको उल्लेख गरे ।

उच्च अदालतका न्यायाधिश र अधिवक्ताहरुको विशेष सहभागिताहरुको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश भरि विकास निर्माणको कार्यहरु तिब्रता पाएको अवस्थामा अदालतहरुलाई पनि विकास निर्माणको कार्यहरुलाई प्राथमिकता राखि दिनु हुन आग्रह गरे ।

सर्वोच्च बारका अध्यक्ष खगेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको उदघाटन सत्रमा उच्च अदालत जनकपुरका मुख्य न्यायाधिश शिव नारायण यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, नेकपाका नेता एवं प्रदेश सभा सदस्य सत्यनारायण मण्डल, जनकपुर उपमहानगरका उपप्रमुख रिता झा सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया