मधेशको पर्यटनबारे नेपाल पर्यटन बोर्डलाई दस्तावेज हस्तान्तरण

मनोरञ्जन

       

वीरगंज, १८ मंसिर । भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले नेपाल पर्यटन बोर्डका प्रबन्धकद्वय उदय भट्टराई र संतोष घिमिरेलाई तराई मधेशका पर्यटकीय सम्भावनाबारे ध्यानाकर्षण गराएका छन् ।

मधेशको पर्यटन विकास बिना नेपालको पर्यटनको विकास सम्भव नरहेको भन्दै ८८ पृष्ठ लामो दस्तावेज संयोजक सर्राफले हस्तान्तरण गरे ।

तराई मधेशका २२ जिल्लाबाट संकल्न गरिएको धार्मिक, ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक पर्यटकीय सम्भावना बोकेका धरोहरहरुको सुचि रहेको दस्तावेज बुझाउँदै संयोजक सर्राफले नेपाल पर्यटन बोर्डलाई २२ जिल्लामा रहेका पर्यटकीय धरोहरहरुमा लगानी एवं समर्वद्धन गरी पर्यटन प्रवद्र्धन गर्न आग्रह गरेका थिए ।

अहिलेसम्म नेपाल पर्यटन बोर्डले पहाडी र हिमाली पर्यटकीय स्थललाई मात्रै प्राथमिकता दिएकोमा आपत्ति जनाउँदै अब तराई मधेशमा रहेका पर्यटकीय धरोहरहरुमा लगानी गर्न आग्रह गरे ।

भिजिट नेपाल २०२० को उद्देश्य पुरा गर्न पनि तराई मधेशमा पर्यटन प्रर्वद्धन गरी त्यसको अनुभूति र प्रभाव पार्ने गरी नीति नियम बनाउन आग्रह गरे ।

दस्तावेज बुझ्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराइले अभियानको प्रशंसा गर्दै दस्तावेजलाई ठूलो उपलब्धिको रुपमा लिएर अघि बढ्ने बताए । भिजिट मधेश नेपाल तराई मधेशका २२ वटै जिल्लालाई जोड्दै पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा अभियान संचालन गर्दै आएको छ ।

नेपाल पर्यटन बोर्डले इच्छा होटलमा आयोजना गरेको कार्यक्रममा नेपाल होटल एवं पर्यटन व्यवसायि संघका महासचिव मोहन शर्मा लामिछाने, पर्सा वन्यजन्तु आरक्षका वाडेन लगायत पर्यटन व्यवसायसँग आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया