भारतको तीन राज्यमा अन्तर्राष्ट्रिय उडान हुने

अर्थ/वाणिज्य

       

काठमाडौं, १८ मंसिर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले भारतको पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेशलगायत बङ्गलादेशमा ६० करोडभन्दा बढी जनसंख्यालाई हिमाली उडानमा आकर्षण गर्न सके एकदेखि दुई प्रतिशत पर्यटक आगमन भएमा प्रदेशको लक्ष्य पूरा हुने धारणा व्यक्त गरेका छन् ।

उक्त हिमाली उडानबाट पर्यटकले कञ्चनजङ्घा, मकालु, ल्होत्से, सगरमाथा र गौरीशङ्कर हिमाललाई नजीकबाट अवलोकन गर्न सक्ने उनले बताए ।

उनले विराटनगर विमानस्थलबाट भारतका विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशका शहरमा अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरी सङ्घीय सरकारमा पठाएको बताउँदै स्वीकृत हुनासाथ उडान सञ्चालन हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया