प्रदेश प्रमुख झाद्वारा बैठक आह्वान

राजनीति

       

रुपन्देही, १८ मंसिर । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले आगामी मङ्सिर २६ गतेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिशमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी मङ्सिर २६ गते दिनको १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया