त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार समृद्धिको दिशामा : प्रचण्ड

राजनीति

       

कपिलवस्तु, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताएका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू १० वर्षमा शुरु गर्ने तयारीमा सरकार अघि बढेको उनले बताए ।

नेपाल, भारत र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको बताए ।

चीनसँग चार वटा बन्दरगाहा सम्मको पहुँच अब नेपालको सहज हुने दावी गर्दै अध्यक्ष दाहालले अब देश भूपरिवेष्ठित देशको रुपमा होइन, समुन्द्रसँग जमीनबाट जोडिएको देशको रुपमा पहिचान स्थापित गर्ने बताए ।

तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्वशान्ति शहरको रुपमा यस क्षेत्रलाई विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा विकास गर्न सरकार अघि बढेको उनले बताए ।

यसैगरी लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोडेर धार्मिक केन्द्रको रुपमा विकास गर्दै भारतीय क्षेत्रमा रहेका शक्तिपीठलाई पनि यसमा जोड्दै धार्मिक पर्यटन विकासमा जोड दिने उनले बताए ।

तपाईको प्रतिक्रिया