बाँकेमा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

समाचार

       

नेपालगन्ज, १९ मंसिर । बाँकेमा अबदेखि चर्को आवाजमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ ।

मङ्गलबार नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा सहभागी धर्मगुरु, राजनीतिक दलका पदाधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, प्रहरी र सरोकारवाला पक्षबीच मठमन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, विवाह, भोजभतेर तथा अन्य कुनै पनि प्रकारका कार्यक्रममा चर्को आवाजमा लाउडस्पिकर र डिजे बजाउन नपाइने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बैठकमा सहभागीले चर्को आवाजमा बजाइने गरेको लाउडस्पिकर र डिजेले विद्यालय, अस्पताल, घरपरिवारलगायत क्षेत्रमा असर परेकाले यसलाई रोक्नुपर्नेमा सहमति जनाएका थिए ।

तपाईको प्रतिक्रिया