विद्यालयमा कुनै प्रकारको राजनीतिक क्रियाकलाप नगर्न सुझाव

शिक्षा

       

वीरगन्ज, १९ मंसिर । सामुदायिक विद्यालयहरुबाट प्रदान भइरहेकको शिक्षाको गुणस्तरीयतामा जोडदिनुपर्ने धारणा वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् ।

महानगरपालिकाले आयोजना गरेको गुणस्तरीय र व्यावसायिक शिक्षाको सवलीकरण विषयक छलफल कार्यक्रमा जनप्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

विद्यालयहरुबाट प्रदान भइरहेको शिक्षाको गुणस्तरमा सुधार गर्दै विद्यालय पहुच बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भित्र्याउन अभियान नै चलाउनु वडाअध्यक्षहरुले सुझाव समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख विजय कुमार सरावगीले अध्ययन–अध्यापन बालिबालिकाको भविष्यसँग सम्बन्धित भएकोले यसको गुणस्तरीयतामा कुनै प्रकारको बहाना सह्य नहुने बताए ।

उनले कुनै प्रकारको दलगत वा राजनीतिक क्रियाकलाप विद्यालयमा नगर्न सुझाव दिँदै तीन पटकसम्ममा पनि विद्यालय व्यवस्थापन समिति गठन नभए महानगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधि वा कार्यपालिकाले नै व्यवस्थापन समिति मनोनयन गरेर पठाउने कानुन नै पास गर्ने योजनामा रहको जानकारी गराए ।

कर्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले विद्यालयहरुमा वालवालिकाहरुको लागु सुरु हुन गइरहेको खाजा कार्यक्रमलाई राम्रोसँग व्यवस्थापन गर्दै विद्यालयलाई बालबालिका मैत्री बनाउन सुझाव दिए । उनले शिक्षकलाई समाजले गुरुबहा्र, गुरुबिष्णुको दर्जा दिएको बताउँदै बालबालिकाहरुलाई उच्चस्तरीय शिक्षा प्रदान गर्नु विषयमा जोडदिन आग्रह समेत गरेका थिए ।

विद्यालयमा छिटै लागू हुन गइरहेको खाजा कार्यक्रमको व्यवस्थापनको बारेमो संघीय सरकारको शिक्षा मन्त्रालयले निर्धारण गरेको कार्यविधिको बारेमा महानगरपालिकाका शिक्ष तथा स्वास्थ्य महाशाखाका प्रमुख उपसचिव अरविन्दलाल कर्णले जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयमा रहेका विभिन्न समस्याहरुका बारेमा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया