पुर्पक्षका लागि डा.सीके राउत कारागार चलान

राजनीति

राकेश यादव

       

रौतहट, २० मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सी के राउतलाई रौतहट जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।

राज्य विरुद्धको संगठित अपराध मुद्दाको अभियोग पत्रसहित पेश गरिएको डा. राउतलाई जिल्ला न्यायधीश अम्बिका प्रसाद निरौलाको एकल इजलासले मुद्दा पुर्पक्षका लागि थुनामा राखी बाँकी कार्यवाही अगाडी बढाउने आदेश दिएपछि राउतलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार व्यान भएपछि कानून व्यवसायीहरुले डा. राउतलाई शुद्ध तारीखमा राख्नु पर्ने बहस गरेका थिए । बहस सकिए पछि इजलासबाट थुनामा राख्ने आदेश भएको अदालतका उपसचिव गुणराज पराजुलीले बताएका छन् ।

डा. राउत जिल्ला अदालतमा कार्यवाहीमा रहेका राज्य विरुद्धको संगठित अपराध मुद्दामा तारीख लिन आउँदा रौतहट प्रहरीले गत असोज महिनाको २१ गते पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया