सरकारको विरुद्धमा गलत प्रचार भयो : प्रचण्ड

राजनीति

       

चन्द्रकान्त खनाल, रूपन्देही २० मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरूद्ध पूर्वाग्रही र नकारात्मक ढंगले प्रचार भएको बताएका छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारबाट रूपन्देही सदरमुकाम भैरहवामा सुरू भएको सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको उद्घाटन गर्दै दाहालले जनचाहनाअनुसार तीव्र काम हुन नसके पनि काम नै भएन भनेर सरकारको गलत प्रचार भइरहेको बताए ।

उनले छिमेकी राष्ट्र भारतसँग रेलवे विस्तार, विराटनगरको भारतीय क्याम्प सार्ने र चीनसँग सुक्का बन्दरगाहा निर्माण जस्ता ऐतिहासिक सम्झौता गरिएको बताउँदै नेपाल भूपेरिबेष्ठित राष्ट्र भए पनि जमिनबाट समुन्द्र सतह सम्म जोड्ने गरी सरकारले काम गरेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका प्रचण्ले सरकारको आलोचना गरेर, धर्मका कुरा उठाएर संघीयतालाई नै उल्टाई हालिन्छ भन्ने कसैले कल्पना गरेको भए त्यो पुरा नहुने बताए ।

उनले विरोधका लागि विरोध गर्नुभन्दा सबै मिलेर जनताको भावना र मुलुकलाई समृद्धितर्फ लाग्न एकजुट हुुनु पर्ने बताए ।

अध्यक्ष दाहालले विगतमा सबै दलहरू मिलेर नै मुलुकलाई यहाँ सम्म ल्याइएको बताउँदै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न काँग्रेस लगायतका दलहरूसँग छलफल भइरहेकाले छ्ट्टिै टुंगोमा पुगिने बताए ।

तपाईको प्रतिक्रिया