वीरगन्ज पब्लिक कलेजलाई अर्को ऐतिहासिक सफलता

शिक्षा

       

वीरगन्ज, २० पुस । नेपालकै उत्कृष्ट विजनेश कलेजको रुपमा लगातार एकपछि अर्को अवार्ड प्राप्त गरिरहेको वीरगंज पब्लिक कलेजले अर्को ऐतिहासिक सफलता हात पारेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीपीसी कलेजलाई पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो रजत जयन्तीको अवसर पारेर प्रदेश नं.२ कै उत्कृष्ट विजनेश कलेजको रुपमा सम्मान गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा बिहीबार विराटनगरमा सम्पन्न कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो ।

आफूलाई सम्बन्धन दिएको विश्वविद्यालयबाट नै उत्कृष्ट विजनेश कलेजको रुपमा सम्मानित हुनुले वीपीसी कलेजले आफ्नो अब्बलता प्रमाणित गरेको र आगामी दिनमा यो सम्मानको गरिमा कायम राख्दै गुणस्तरीय शिक्षकका माध्यमबाट दक्ष नागरिक उत्पादनमा आफूहरु निरन्तर क्रियाशील रहने वीपीसी कलेजका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिपक शाक्यले बताए ।

मिनी ल्याण्ड मा.वि को ४३औँ वार्षिक उत्सवको अवसरमा विद्यालयको प्रांगणभित्र विविध कार्यक्रमहरुको आयोजना गरिएको छ । वीरगञ्जका चौथो पुरानो विद्यालय मध्य मिनी ल्याण्ड मा.वि रहेको विद्यालयका प्रधानाध्यापक लालबाबु पटेलले जानकारी गराए ।

मिनी ल्याण्ड मा.विमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले ३४औँ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा समावेश गराइएको थियो ।

प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीहरुलाई तग्मा र कदर–पत्र दिई सम्मान गरिएको थियो । मिनी ल्याण्ड विद्यालय आफ्नो ३४औँ वर्ष पूरा गरी ३५औँ वर्षमा प्रवेश गररेकोमा विद्यालयको जन्म दिवस धुमधामका साथ मनाइएको छ ।

तपाईको प्रतिक्रिया