नेपाल रेमिटर्स एसोसिएसनमा नयाँ नेतृत्व

अर्थ/वाणिज्य

       

काठमाडौं, २० पुस । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा आइएमई लिमिटेडका सुमन पोखरेल निर्वाचित भएका छन् ।

बिहीबार राजधानी काठमाडौंमा सम्पन्न १३औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाले निवर्तमान अध्यक्ष दिवाकर थापा ( हुलास रेमिटेन्स प्रा.लि), उपाध्यक्षमा चन्द्र टण्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि), महासचिवमा रितेश मित्तल (नेपाल रेमिट इ. प्रा.लि), कोषाध्यक्षमा संजय सिग्देला (सुर्य रेमिट प्रा.लि) र सचिवमा इन्द्र शर्मा (आइपे रेमिट प्रा.लि) लाई निर्विरोध मनोनयन गरेको छ ।

यस्तै, सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक लिमिटेड), प्रविन अधिकारी (युनाइटेड रेमिट प्रा.लि), दीपेन्द्र खनाल (इजीलिंक प्रा.लि)लाई चयन गरेको हो ।

कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।

तपाईको प्रतिक्रिया