डा.सीके राउतको जीवन रक्षाका लागि परिवारजनको अपिल (अपिलसहित)

राजनीति

       

काठमाडौं, २१ पुस । मधेश देश निर्माण अभियानमा लागेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको जीवनरक्षाका लागि उनका परिवारजनले अपिल गरेका छन् ।

महिनौंदेखि पुर्पक्षमा रहेका डा.राउतको स्वास्थ्यमा समस्या रहेको भन्दै उनका दाजु डा.जयकान्त राउतसहित परिवारजनले एक अपिल जारी गर्दै डा.राउतको जीवन रक्षाका लागि अपील गरेका छन् ।

डा.राउतले शान्तिपूर्णरुपमा अभियान सञ्चालन गरेकोले अहिलेसम्म उनको विरुद्धमा कुनै किसिमको प्रमाण फेला नपरेकोले उनको जीवन रक्षा गर्नुपर्ने राज्यको दायित्व रहेको बताएका छन् ।

‘नेपालको संविधान तथा कानूनले प्रत्याभूत गरेका डा। राउतको मौलिक तथा कानूनी हक कुण्ठित गरी अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरूको मान्यता समेतको विपरित हुने गरी विगत केही समयदेखि राज्यले वहाँविरूद्ध घोर दमनकारी नीति अख्तियार गरेको देखिन्छ ।’ डा.राउतका परिवारजनले जारी गरेको अपिलमा उल्लेख छ ।

‘सबै किसिमका दमनकारी क्रियाकलापलाई तत्काल बन्द गरी डा. राउतको संविधानले प्रत्याभुत गरेको सम्मानपूर्वक वाच्ने मौलिक हक एवं मानव अधिकारको संरक्षण समेत गर्दै वहाँको अविलम्ब विनाशर्त सकुशल रिहाईकोलागि पहल गरिदिनु हुन सम्पूर्ण मानव अधिकारवादी संघ(संस्था, नागरिक समाज, देश(विदेशका पत्रकार, कानून व्यवसायी, राजनैतिक पार्टी, वुद्धिजीवि, विद्यार्थी, अन्तर्राष्ट्रिय नियोगलगायत सम्बन्धित सबै पक्षसँग हार्दिक अपिल गर्दछौं’, अपिलमा भनिएको छ ।

अपिल

वहाँका ‘मधेश को इतिहास’, ‘मधेश स्वराज’ र ‘वैरागदेखि बचावसम्म (आत्मकथा)’ लगायतका किताबहरू पनि प्रकाशित छन् । डा. राउतको गतिविधि र निजले दिएको अभिव्यक्तिको विषयलाई लिएर नेपाल सरकारले  वहाँलाई पटक पटक पक्राउ गर्दै आएकोमा बालबच्चाको शिक्षादीक्षा अवरूद्ध हुनुको साथै सम्पूर्ण परिवारिक जीवन नै अस्तव्यस्त एवं अत्यन्त कष्टकर हुन पुगेको छ ।

नेपालको संविधान तथा कानूनले प्रत्याभूत गरेका डा. राउतको मौलिक तथा कानूनी हक कुण्ठित गरी अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरूको मान्यता समेतको विपरित हुने गरी विगत केही समयदेखि राज्यले वहाँविरूद्ध घोर दमनकारी नीति अख्तियार गरेको देखिन्छ ।

कुनै मुद्दामा आफ्नो नाम परेको औपचारिक वा अनौपचारिक स्रोतबाट थाहा पाउने वितिकै आफैं अदालतमा उपस्थित भएर अदालती कारवाही सहजरुपमा अगाडी बढाउन सहयोग गर्दै आएको, कहिले पनि अदालतले जाहेरी पूर्जीसमेत जारी गर्नु नपरेको अवस्था हुँदाहुँदै पछिल्लो समय असोज २१  गते रौतहट जिल्ला अदालतमा अघिल्लो मुद्दामा तारीख लिई  फर्कनेक्रममा अदालत परिसरभित्रै बाट डा. सी. के. राउत सहित उनको साथमा रहेको उनकी ४ बर्षीय नाबालिका छोरीलाई समेत प्रहरीले पक्राउ गरी  ६१ दिन लामो गैरकानूनी हिरासत पछि गत मंसिर २० गते रौतहट जिल्ला कारागार चलान गरेको छ । नेपाल सरकारले यस अघिपनि वहाँलाई १८ चोटी भन्दा बढी पक्राउ गरी वहाँविरूद्ध लगभग एक दर्जन जति मुद्दाहरू दर्ता गरिसकेका छन ।

विचारको प्रतिवाद विचारबाटै गर्नु पर्नेमा फरक विचारलाई दबाउन जसरी प्रहरीप्रशासन लगायत सम्पूर्ण राज्यसन्यत्रको दुरूपयोग भईरहेको छ त्यो अत्यन्त निन्दनीय र आपतिजनक छ । लोकतान्त्रिकमा व्यवस्थामा नागरिकहरूबाट राज्यव्यवस्थाप्रति असन्तुष्टि र आक्रोसको रूपमा अभिव्यक्त हुने हरेक किसिमका विचारहरुलाई दमन नगरी अत्यन्त  संयमित भई राजनितिक रूपबाटै नागरिकमा देखिएका  तमाम निराशा र वितृष्णालाई मेटाई राज्यप्रति आशा र भरोशा जगाउन  सकिन्छ ।

उपचारको लागि  काठमाण्डौं सरूवा गरिएको भएतापनि राज्य वहाँको उपचारमा गम्भिर हुनुभन्दा विभिन्न किसिमका मानसिक एवं शाररिक यातना दिनेतिर बढी केन्द्रित देखिन्छ ।  संविधान प्रदत्त वाक स्वतन्त्रतापूर्वक बाँच्ने नागरिक अधिकारको संरक्षण गर्ने दायित्व राज्यको रहेपनि फरक विचार रहेकै कारण हिरासतमा लिनु वा एक जना निहत्था, निर्दोष नागरिकलाई दुःख दिनु नितान्त अनुचित एवं घृणित कार्य हो ।

भद्र कारागारमा हाल वहाँको स्थितिको अनुगमन गरिदिनुहुन साथै चिकित्सकको सुझाव अनुसार सहजरूपमा स्वास्थ्य उपचारको लागि पनि गम्भिर पहल गरिदिनु हुन सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।

तपाईको प्रतिक्रिया