पोलपोलमा फोटो झुण्ड्याएर नयाँ युग आउँदैन : सहअध्यक्ष श्रेष्ठ

राजनीति

       

काठमाडौं, २१ पुस । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजसी शैलीमा विजुलीको पोलपोलमा प्रधानमन्त्रीको फोटो झुण्ड्याएर नयाँ युग नआउने बताएका छन् ।

उनले उक्त कुरा सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं १७ को प्रथम वडा अधिवेशनको प्रमुख अतिथ्यता ग्रहण गर्दै बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले पञ्चायती शैलीमा आफ्नो गुणगान गराएकोमा आलोचना गर्दै भने, ‘त्यो खर्च उत्पादनशील क्षेत्रमा गरेको भए देशको समृद्धिका लागि थोरै भए पनि मद्दत हुन्थ्यो ।’

प्रमुख अतिथि श्रेष्ठले भने, ‘अहिले आधा आधि समय बितिसक्दा पनि देशको विकास बजेट १५ प्रतिशत पनि खर्च हुन सकेको छैन, सोधनान्तर स्थिति पहिलाभन्दा कमजोर छ, निर्यातको तुलनामा आयात झनै बढेको छ । समृद्ध नेपाल सुखी नेपालीको कुरा भाषणमै सीमित भएको छ ।’

उनले काङ्ग्रेस र कम्युनिष्टले लिएको बाटोबाट देशमा समृद्धि नआउने कुरा इतिहास सिद्ध भइसकेको बताउँदै अब विकासका लागि ‘सङ्घीय समाजवादी बाटो’ अबलम्बन गर्नुपर्ने बताए । नेता श्रेष्ठले सङ्घीय समाजवादी फोरम सिद्धान्त, सङ्गठन र कार्यशैली सबै हिसावले नयाँ राजनीतिक शक्ति भएको बताउँर्दै अब नयाँ युगको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरे ।

तपाईको प्रतिक्रिया