म्युजिक भिडियो सार्वजनिक

कला/संस्कृति

       

सिरहा, २२ पुस । सवरी सकंल्प समाज गोलबाजरको सहयोगमा निर्मित देशभक्ति गीत हिमाल पहाड घर मेरो तराई हो आँगन... गितको म्युजिक भिडियो शनिबार सार्वजानिक गरिएको छ ।

सिरहा गोलबाजरका युगल जोडी शान्ती सदा र गुरुशरण सदाद्वारा स्वरबद्ध हिमाल पहाड घर तराई हो आँगन को म्युजिक भिडियोलाई युटयुव मार्फत शानिबार सार्वजानिक गरिएको हो ।

प्रदिप रसाईलीले निर्देशन गरिएको उक्तम्युजिक भिडियोमा नेपाली अभिनय क्षेत्रका चर्चित सिनेकर्मीहरु रामचन्द्र अधिकारी, जयकिशन बस्नेत, उत्तम केशी, लय संग्रोला, सोभित बस्नेत, हिमग्यापलामा (टासी), धिरेन्द्र प्रेमर्षी, श्रीराम पुडासैनी, कविताशर्मा, भगवती खडका, रशमी भटट, राम ठाकुर, दिपेन्द्र लामाले भूमिका निर्वाह गरेका छन् । सोही गितमा गायक रुद्रसेन वि.क., गायिका रविनाबादी, र बाल कलाकारमा शक्ति सदा, सगुन सदा, शशि सदा र अपर्णा रसाईलीले अभिनय गरेका छन् ।

गुरुशरण सदाको रचनामा रहेको उक्तगीतले हिमाल पहाड र तराई मधेशलाई केन्द्रि गरि आत्मियतालाई जोडने भावबाट चित्रित गरेको छन् ।

पहाडको झरनालाई तराईले सुन्छ , हिमालको काखमालाली गुरास फुल्ने कुरा, सिता र बुद्धको जन्मभुमी नेपाललाई चित्रितगर्दै, विरताको गथा रचने वीर नेपालीको कथाका साक्षीहिमाल र मेचीमाहाकाली रहेको उल्लेख गरेको छ ।

मैथिलीभाषि रहेको युगल जोडी शान्ति सदा र गुरुशरण सदा तराई मधेशीजातीकाअतिविपन्न र गरिब समुदायका प्रतिनीति मानिन्छ । सिराहाको गोलबाजरमा जन्मनु भएकायुगल जोडी केही समय यता नेपालीगित संगीतको यात्रामा पाईला चालेको हुन ।

तराई वा मधेशी मुलका ब्यक्तिभित्र नेपाल छ कि छैन भन्ने सन्देश यस गीतबाट दिनचाहेको लेखक गुरुशरण सदाको कथन छ । उहाले सायदकुनै पनिब्यक्तिमा राष्टियता र माटो प्रतिको सदभाव हुन्छ सोहीभाव मेरो गितबाट झल्कीएको छ । मेरा सृजनाले मधेशी र दलितभएको भन्दापनि नेपालीहुन उएटा गर्व उल्लेख गरेको महसुस भएको बताए ।

मधेशी समुदायतथादलित समुदाय कि शान्ति सदाले आफुले देशभक्तिगितलाई स्वर दिनपाएको खुशिब्यक्त गरेकी छिन । उहाले गीतमा र म्युजिक भिडियो नेपालीपन नेपालीभावलाई समेटेको बताए ।

निर्देशकप्रदिप रसाईलीले सवै जातीभाषिलाई समेट यस भिडियोको निर्माण गरेका छौ । हिमाल, पहाड र तराईका प्रतिनिधीहरुको सहभागिता देखाईएको छ र गितले मागे अनुसार कथालाई सृजना गरिएको छ । यस गीतले समाजिक सदभाव र राष्टीयता प्रतिहिमाल पहाड तराई भित्रगहनभाव लुकेको ब्यक्त गरेका छन् ।

देशभक्ति गीतलाई बजारमा ल्याउन सहयोग गर्ने सवरी संकल्प समाजकाउपाध्क्ष अरुण सदाले विपन्नता भित्र रहेको प्रतिभालाई सामाजिककरण गर्ने प्रयास गरेको बताए । उहाले हाम्रो संस्थाले मुसहर समुदायलाई लक्षित गर्दै विबिध क्रियाकलाप गर्दै आएको छ र सोही समुदायमा रहेको सांगितीक र साहित्यक प्रतिभाहरुलाई अवसर सृजना गरिएको बताए ।

तपाईको प्रतिक्रिया