सरकारको नियतमा बेइमानी छैन : नेपाल

राजनीति

       

जनकपुरधाम, २२ पुस । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको नियतमा बेइमानी नरहेको बताएका छन् ।

उनले जनअपेक्षाअनुसार जसरी काम गर्न सक्नुपर्नेथियो त्यसरी गर्न नसकेको तर नियत साफ रहेको उनको धारणा थियो ।

नेकपा धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको भेटघाट कार्यक्रममा प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताए ।

उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढतासाथ सरकारको बचाउ गर्न आह्वान गरे ।

नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया