नेकपा कपिलवस्तुको नगर कमिटी बैठक सम्पन्न

राजनीति

       

कपिलवस्तु, २२ पुस । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय कपिलवस्तुमा आइतबार सम्पन्न प्रथम बैठकबाट इमरान खान सदस्य सहित ८१ सदस्यीय नेकपा कपिलवस्तु नगर कमिटी गठन भएको छ ।

कार्यक्रमको अध्यक्षता नेकपा कपिलवस्तु नगर कमिटीका अध्यक्षका सरिता आचार्यले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि नेकपा कार्यदल सदस्य एवम् जिल्ला अध्यक्ष झबिलाल पोख्रेल अतिथिहरुमा नेकपा जिल्ला सचिव रामचन्द्र शाह (विष्णु शाह), नेकपा कार्यदलका सदस्य भानु प्रकाश श्रेष्ठ, नेकपा प्रदेश नं. ५ का सदस्य खुम प्रसाद आचार्य, सत्य नारायण त्रिपाठी, शान्ति देवी हरिजन तथा नेकपाका वरिष्ठ नेता बाबुराम खनालको उपस्तिथिमा उक्त कार्यक्रमका सञ्चालक एवम् नेकपा नगर कमिटी सचिव अवधेश कुमार उपाध्यायले गरेका थिए ।

तपाईको प्रतिक्रिया