सरकार सञ्चालनको विषयमा गम्भिर समीक्षा सुरु : अध्यक्ष प्रचन्ड

राजनीति

चन्द्रकान्त खनाल

       

रुपन्देही, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली र आफूले सरकार संचालनको विषयमा गम्भिर समीक्षा सुरु गरेको बताएका छन् ।

बुटवलमा आइतबार सम्पन्न अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सरकारको समीक्षा प्रधानमन्त्री र आफूले सुरु गरेपनि मन्त्रिपरिषद् पुनर्गठन हुने कुनै सम्भावना नरहेको बताए ।

यसअघि बुटवलस्थित नेकपाको ५ नम्बर प्रदेश कार्यालयमा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै एमाले र माओवादीबीचको एकता कुनै प्रतिक्रियावादीले दिएको बरदान नभएको बताएका थिए ।

उनले पार्टी एकता राष्ट्रको समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति भएको स्पष्ट पार्दै सानोतिनो कुरामा अल्झिने बेला नभएको समेत बताए ।

माघ महिनाभित्रै पार्टीका सबै तहमा एकता हुने दाबी गर्दै उनले माघ महिनामै पार्टी केन्द्रको बैठक बोलाएर एकतालाई अनुमोदन गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया