हिन्दू राष्ट्र सहितको माग गर्दै ज्ञापन

राजनीति

       

वीरगन्ज, २३ पुस । राम राज्य परिषद् पर्सा जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई समक्ष हिन्दु राष्ट्रसहितको माग गर्दै ज्ञापनपत्र बुझाएकोे छ ।

ज्ञापन पत्रमा नेपालमा भइरहेको विभिन्न विकृत्ति, विसंगति, पैसामुखि, बिकाउ प्रवृत्तिहरुलाई अन्त्य गर्नका लागि राष्ट्रभरि नै राम राज्य परिषद्ले बिना विभेद जातपातको भेदभाव नगरी यो संस्थालाई मुलुकको हरेक सहरमा कायम गरिएको छ ।

केन्द्रीय अध्यक्ष जगत बहादुर थापा, केन्द्रीय सदस्य सचिव राजेन्द्र प्रसाद सिंह, राष्ट्रिय समर्धन समिति प्रभारी शेखर शर्मा पौडेल र जिल्लाधिष आत्माराम अर्यालको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया