चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

राजनीति

       

काठमाडौं, २३ पुस । टीकापुर घटनाका अभियोग लागेका राजपाका सांसद रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमबार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आदेशमा भनिएको छ, ‘चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ ।’

तपाईको प्रतिक्रिया