स्वतन्त्र राजनीतिक समूहको विस्तार तीव्र

राजनीति

       

कपिलवस्तु, २३ पुस । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले आफ्नो संगठन विस्तार कार्यलाई तीव्रता दिएको छ ।

कपिलवस्तुमा विभिन्न ईकाइ समितिहरु गठन भइरहेको छ । देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पीडनको अन्त्य, सार्थक संघीयताको कार्यान्वयन, संविधानमा आवश्यक संशोधन, समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा पहुँच, नागरिकता समस्या समाधान गर्न, देशको मुख्य मेरूदण्डको रूपमा रहेका किसानको समस्या समाधान गर्ने, आर्थिक–सामाजिक विभेदलाई समाप्त पार्ने लगायतका विषयमा केन्द्रित रहि यी समस्याहरू समाधान गर्नेतर्फ स्वतन्त्र राजनीतिक समूह प्रतिबद्ध रह्ने जनाइएको छ ।

कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नं ६ मा धर्मेन्द्र कुमार शुक्ल (वीरू), इलियास मनिहार, श्याम सुंदर मिश्र (गुडालु) र मंगल यादव रहने गरि स्वतन्त्र राजनीतिक समूहको चार सदस्यको वडा स्तरीय इकाई समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया