प्राइमको शाखा पाँचथरको तुम्वेवा गाउँपालिकामा

अर्थ/वाणिज्य

       

काठमाडौं, २४ पुस । शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको तुम्वेवा गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

यस शाखाको संचालनपछि बंैकको शाखा कार्यालय संख्या ७० पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा सोमबार एक समारोहका बीच तुम्वेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालय तुम्वेवाको समुदघाटन गरेका छन् ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गर्दछ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले विज्ञप्तिमार्फत् जनाएका छन् ।

तपाईको प्रतिक्रिया