राष्ट्रिय विद्यार्थी संघ एकल अध्यक्षीय संरचनामा जाने

राजनीति

       

काठमाडौं, २४ पुस । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले पाँचबुँदे निर्णय संयोजक राजेन्द्र महतोलाई बुझाएको छ ।

काठमाडौंस्थित केन्द्रीय कार्यालय बबरमहलमा बसेको पूर्व विद्यार्थी नेता तथा वर्तमान अध्यक्षहरु सम्मिलित समन्वय बैठकले राविसंघ अध्यक्ष मण्डलीय प्रणालीमा होइन, एकल अध्यक्षीय संरचनामा जाने निर्णय गरेको हो ।

यसैगरी, नेतृत्व तथा संगठन सम्बन्धी निर्णय राजपा अध्यक्ष मण्डलले गर्ने र त्यो सर्वस्वीकार्य हुने, राविसंघको विधान मस्यौदाको जिम्मा विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुलाई दिएको छ ।

साथै, राविसंघको घोषणा पत्र मस्यौदाको जिम्मा विद्यार्थी नेता लालबाबु साहलाई दिइएको छ भने स्ववियू निर्वाचन नजिक भएकोले यी सम्पूर्ण निर्णय तदारुकताका साथ समयमै कार्यान्वयन गर्न सम्वन्धित सबैमा अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया