कांग्रेस र नेकपाका दर्जनौं नेता कार्यकर्ता राजपामा प्रवेश

राजनीति

       

बारा, २४ पुस । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका दर्जनौं नेता कार्यकार्ता राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

मंगलबार बारा परवानिपुर गा. पा. वार्ड न. ४ चैनपुरमा राजपा नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ती नेता कार्यकर्ताहरु राजपामा प्रवेश गरेका छन् ।

प्रदेश २ को राजपा नेपाल संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नवप्रवेशीहरुलाई फुलमाला तथा अबिर लगाई स्वागत गरेका छन् ।

कांग्रेसबाट परवानिपुर गाउँपालिका नेता राजदेव प्रसाद पटेल, नेकपाबाट सत्रुधन पटेलको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता राजपा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा राजपाका श्रेत्रीय नेता सीताराम गुप्ता, परवानिपुर गापा मेयर हरिनारायण साह, मुक्ति पटेल, सन्जु साह, मोहन पटेल, उदेश पटेल लगायत नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन सन्त कुमार यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया