प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता उद्घाटन

समाचार

       

वीरगञ्ज, २४ पुस । वीरगञ्जमा आयोजित प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता–२०७५ को उद्घाटन भएको छ ।

सो प्रतियोगिताको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले गरेका छन् ।

उनले उद्घाटन गर्दै यहाँ रहेको रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाएर खेदकूदको विकास गरिने बताएका छन् । उनले प्रदेश सरकारले सो रङ्गशालाको स्तरोन्नति गर्न रु एक करोड विनियोजन गरेको जानकारी गराए ।

आयोजक समितिका संयोजक शिवशङ्कर पटेलको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, पर्साका प्रजिअ नारायणप्रसाद भट्टराई, राजपाका राजेशमान सिंह, नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्याम बञ्जारालगायतले खेलप्रति प्रदेश सरकार उदासीन रहेको आरोप लगाए ।

तीन दिनसम्म चल्ने सो प्रतियोगितामा नेपालका सातवटै प्रदेशका खेलाडीलगायत छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट आएका तेक्वान्दो खेलाडीको सहभागिता छ ।

तपाईको प्रतिक्रिया