कपिलवस्तु क्याम्पसमा अँग्रेजी र नेपाली विषय थप

समाचार

मणि प्रसाद गैेह्रे

       

कपिलवस्तु, २४ पुस । सामुदायबाट संचालित कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा यस वर्षदेखि स्नाकोत्तर तहमा शिक्षासास्त्र संकाय तर्फ नेपाली र अँग्रेजी विषयको पठनपाठनको लागी स्वीकृत पाएको छ ।

त्रिभुवन विश्वविद्यालयले क्याम्पसले दिएको आवेदनको आधारमा उक्त विषयका लागि अनुमति दिएको हो ।

यसअघि क्याम्पसमा स्वास्थ्य शिक्षा र शैक्षणिक योजना तथा व्यवस्थापन र व्यवस्थापन संकायबाट पनि स्नाकोत्तरको कक्षा संचालन गरिरहेको छ ।

विद्यार्थीको मागका आधारमा नेपाली र अगे्रजी विषयका लागि अनुमति माग गरिएकोमा यस वर्षबाट उक्त विषयहरु अध्यापन गराउनका लागि त्रिभुवन विश्वविद्यालयबाट अनुमति मिलेको क्याम्पस प्रमुख नवराज तिवारीले बताए ।

तपाईको प्रतिक्रिया