जडिबुटी ब्यावसायी संघको साधारण सभा हुँदै

समाचार

दिनेश ठाकुर

       

नेपालगञ्ज, २४ पुस । नेपाल जडिबुटी ब्यावसायी संघ (जवान)को आगामी पौष २८ र २९ गते साधारण सभा हुने तय भएको छ ।

संघको विधानअनुसार नयाँ कार्यकालका लागि पदाधिकारी चयन हुने साधारण सभा विशेष महत्वको रहेको छ ।

संघको आगामी कार्यकालको नेतृत्व लिनका लागि बर्तमान कार्य समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव र सल्लाहकार आ–आफ्नो दाबीसहित संघका सदस्यहरुबीचमा पुग्न सुरु गरेका छन् ।

संघका अध्यक्ष तथा पाँच नंम्बर प्रदेश सभा सदस्य मो.याकुव अन्सारी गोबरेले पौष २८ गते साधारण सभा र २९ गते नयाँ कार्यसमिति चयनको लागि मिति तय भएको बताए । उनले व्यावसायीहरुको आग्रह तथा सल्लाहमा नेतृत्वको लागि आफु तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया