सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल प्रहरी प्रथम

समाचार

       

सुनसरी, २४ पुस । सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार सुनसरीमा संचालन भएको दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (पुरुष) मा नेपाल प्रहरी पुरुष भलिबल टिम प्रथम भएको छ ।

प्रतियोगितामा बेष्ट सेटर प्रहरी हवलदार ईम रानामगर, बेष्ट स्पाईकर प्रहरी जवान कुलबहादुर थापा, बेष्ट ब्लकर प्रहरी जवान दिपकराज जोशी र बेष्ट कोच प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठ घोषित भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।

उक्त प्रतियोगिता पुस ९ गते देखि पुस २३ गतेसम्म संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया