समुदाय–प्रहरी साझेदारी सम्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न

समाचार

       

धनुषा, २४ पुस । जिल्ला प्रशासन कार्यालय धनुषाको अधिकृत सङ्घम हलमा जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा आयोजियत समुदाय-प्रहरी साझेदारी सम्बन्धमा अनुशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरीका केन्रीर्य प्रवक्ता।सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सो अवधारणाबारे प्रकाश पार्दै कार्यक्रम अन्तर्गत हालसम्म भएका विविध गतिविधिबारे जानकारी दिए ।

साथै उनले विद्यालय सम्पर्क कार्यक्रम, साइबर सुरक्षा, लागूऔषध नियन्त्रण लगायतका विषयमा अनुशिक्षण प्रदान गरेका थिए ।

उक्त अवसरमा प्रहरी उपरीक्षक सबिन प्रधानले समुदाय(प्रहरी साझेदारी कार्यक्रमको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुको साथै साझेदारीका विषयवस्तुबारे प्रस्तुतीकरण गरे । साथै प्रहरी निरीक्षक मनोज लामाले साइबर सुरक्षा सम्बन्धि प्रस्तुतीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया