युएनको मानवअधिकार विभागमा मुद्दा दिने तयारीमा स्वतन्त्र मधेश गठबन्धन

समाचार

       

स्व.राम मनोहर यादवका परिवारजन

काठमाडौं, २५ पुस । बर्दिया जिल्लाको प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको हत्यारा भएको दाबी गर्दै स्वतन्त्र मधेश गठबन्धले युएनको मानवअधिकार विभागमा मुद्दा दिने तयारी गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्र संघको मानवअधिकार विभागमा मुद्दा चलाउन स्वतन्त्र मधेश गठबन्धनले स्व.राम मनोहरको आमामार्फत अमरिकाको मेरिल्याण्डमा बस्ने ईन्द्रजित यादवलाई वारिसनामा दिएकी छन् ।

वारिसनामामा अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण निकायहरुमा मुद्दा चलाउनलाई अधिकार गरेकी हुन् ।

राममनोहरको मृत्यु भएको बुधबार १३० दिन बितिसक्दा पनि उनको अन्तिम संस्कारसमेत भएको छैन । नेपाल राष्ट्रिय मानवअधिकार आयोगले पटक पटक आश्वासन दिँदा पनि राम मनोहर हत्या सम्बन्धमा प्रतिवेदनसमेत सार्वजनिक गरेको छैन ।

राम मनोहर यादवको परिवार अस्तब्यस्त हुँदा पनि न्यायिक छानविन समिति गठन नभएसम्मा शव नबुझने अडानमा छ ।

तपाईको प्रतिक्रिया