चोरी गरी लाँदै गरेको डिजेल बरामद

समाचार

       

पर्सा, २६ पुस । बीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा ढाँट नजिक पार्किङ गरी राखेको ना.३ ख.९२४०, ना.४ ख.१७६६ र ना.४ ख २६९४ नम्बरका टिपरबाट करिब २ सय लिटर डिजेल चोरी गरी ग्यालेनमा राखी लैजान लागेको अवस्थामा प्रहरीले मंगलबार साँझ बरामद गरेको छ ।

उक्त डिजेल ना.१ ह ४०७२ नम्बरको अटोमा लैजादै गरेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गर्ने व्यक्ती फरार रहेकाले चोरी गरेको डिजेल र अटो चालक सोही ठाउँ बस्ने १५ वर्षीय जयप्रकाश साहलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया