चोरीपैठारीका लत्ताकपडा बरामद

समाचार

       

कैलाली, २६ पुस । सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय कैलाली नम्बर ७ बाहिनी तथा गुल्म हेक्वा कञ्चनपुर नम्बर ३५ गुल्मबाट खटिएको एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित बसर्पाकबाट बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया