प्राइमको शाखा दाङको ताप्लीमा

अर्थ/वाणिज्य

       

दाङ, २६ पुस । शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७१ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच ताप्ली गाँउपालिका अध्यक्ष उद्धव सिंह थापाले शाखा कार्यालय ताप्लीको उद्घाटन गरे । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।

तपाईको प्रतिक्रिया