कृषि, पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव शुरु

समाचार

       

नेपालगञ्ज, २६ पुस । एजि सर्भिस प्रालिको आयोजनामा हुन गईरहेको “नेपालगन्ज कृषि ,पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव बिहिबारबाट शुरु हुने भएको छ ।

कृषि भूमि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले महोत्सवको उदघाट्न गर्नेछिन् । माघ ८ गतेसम्म सन्चालन हुने उक्त नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

नेपालगन्जको कारकाँदो चोक स्थित राधाकृष्ण मन्दिर नजिकैको प्राङगणमा लाग्न गईरहेको उक्त महोत्सवलाई आकर्षक बनाउनको लागि हेलिकप्टर उडानको समेत व्यवस्था गरिएको र हेलिकप्टर उडानको लागि जिल्ला प्रशासन कार्यलयले समेत स्वीकृत दिसकेको आयोजकका अध्यक्ष नन्द बुढाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया