मुसहरलाई कम्बल वितरण

समाचार

       

जलेश्वर, २६ पुस । मटिहानी नागरपालिका वडा नं ४ मझौरा गाउँका मुसहर जातिलाई बुधबार कम्बल वितरण गरिएको छ ।

जाडोबाट प्रभावित ती गाउँका अति बिपन्न समुदायका करिब १ सय परिवारलाई १ सय थान कम्बल नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाको सहयोग र मटिहानी नागरपालिकाको समन्वयमा वितरण गरिएको कुरा जनाइएको छ ।

कम्बल महोत्तरी प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, मटिहानी नागर प्रमुख हरि प्रसाद मण्डल, सशस्त्र प्रहरी गण जलसागरका सशस्त्र प्रहरी उपरीक्षक विशेश्वर थापा र रेडक्रस सोसाईटी महोत्तरीको सभापति दिपक मिश्रले मुसहरको टोलमै विहानै पुगि वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया