कृषि पर्यटन चितवन समृद्घिका आधार : चन्द्र प्रसाद ढकाल

समाचार

       

चितवन, २६ पुस । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा चितवनस्थित नारायणी नदी किनारमा बुधबार सम्बोधन गरेका छन् ।

महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चितवनलाई पहिला ७६ औं जिल्लाको रुपमा लिइने गरिएको उल्लेख गर्दै यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने उल्लेख गरे ।

प्राचीन ऋषिहरुको तपस्यास्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्घन गर्न सकिने सम्भावना औंल्याउदै जंगली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरु जस्तै : नगरबन, मौलाकाली, देवघाट जस्ता क्षेत्रहरुमा सुविधासम्पन्न पर्यटकीय पुर्वाधारहरु जस्तै : जलमार्ग, स्थलमार्ग, केबलकार र होटलहरुको निर्माण गरि समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्वपुर्ण योगदान दिन सक्छ भने ।

तपाईको प्रतिक्रिया