विद्यार्थीहरुलाई झोलासहित टोपी वितरण

समाचार

       

राकेश यादव, रौतहट, २६ पुस । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ स्थित रहेको आधारभूत विद्यालय बाल मन्दिरमा अध्ययनरत बालबालिकाहरुलाई बुधबार आयोजित एक कार्यक्रमबीच डिश होमले झोला तथा न्यानो टोपी वितरण गरेको छ ।

डिश मीडिया नेटवर्क लिमिटेडले विद्यार्थीहरुका लागि ल्याएको डिशहोम उज्वल भविष्य कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री सहितका न्यानो झोला वितरण गरेको हो । विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीको उचित प्रोत्साहन र शैक्षिक सामग्रीको आभावमा शिक्षाबाट वंचित हुन नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वको निर्वाह गर्दै डिश होम उज्जवल भविष्य कार्यक्रम ल्याइएको ब्राण्ड मैनेजर मनोज न्यौपानेले बताएका छन् ।

विद्यार्थीहरुलाई चिसो मौसम शीतलहरबाट जोगिनका लागि टोपी तथा अध्यनमा सहयोग पुग्ने उदेश्यले शैक्षिक सामग्री उपलब्ध गराइएको न्यौपानेले जनाए । डिश होमले एसइइ परीक्षा दिने विधार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु सञ्चालन गर्दै आइरहेको बताउँदै मैनेजर विधार्थीहरुलाइ थप सहयोग गर्ने योजना रहेको बताए ।

तपाईको प्रतिक्रिया