प्रधानसेनापति भोलि भारत जाँदै

राजनीति

       

काठमाडौं, २६ पुस । नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा उनको भारत भ्रमण हुन लागेको हो ।

प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा थापालाई शनिबार भारतका राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।

भ्रमणको क्रममा प्रधानसेनापतिले भारतीय सेनाका समकक्षी सेनाध्यक्ष जनरल रावत, भारत सरकारका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया