काठमाडौंमा विश्व हिन्दी दिवस मनाइयो

समाचार

       

काठमाडौं, २६ पुस । भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दी दिवस मनाएको छ ।

त्रिभुवन विश्वविद्यालय काठमाडौंअन्र्तगतको हिंदी केन्द्रीय विभागको सहकार्यमा बिहीबार नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा होटल हयातमा विश्व हिन्दी दिवस मनाइएको छ ।

उक्त अवसरमा नेपालका लागि भारतका राजदूत मंजीवसिंह पुरीले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संदेश पढेर सुनाएका थिए ।

उक्त अवसरमा गोपाल ठाकुर तथा गुरूदेव कामतद्वारा हिन्दीका प्रख्यात कविका कार्यहरुको साङ्गीतिक प्रस्तुति गरिएको थियो ।

यसैगरी गायिका सरस्वती खत्रीद्वारा पनि साङ्गीतिक काव्य प्रस्तुति भएको थियो ।

उक्त अवसरमा केन्द्रीय हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइटको लोकार्पण पनि भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा राजदूत पुरीद्वारा नेपालका आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिन्दी अनुवादसहित २ बटा हिंदी पुस्तकहरुको लोकार्पण भएको छ ।

साथै स्व. अटल बिहारी वाजपेयीका ५१ वटा कविताहरुको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मानित गरिएको छ ।

कार्यक्रमको अन्त्यमा एक कवि सम्मेलनको आयोजन गरियो जसमा लगभग १५ कविहरुले आफ्नो रचनाहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा अलग–अलग क्षेत्रहरुबाट लगभग २०० जना साहित्यिक व्यक्तित्वहरुले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया