चोरीपैठारीको सामान बरामद

समाचार

चोरीपैठारीको सामान बरामद

    चोरीपैठारीको सामान बरामद   

बारा, २६ पुस । बारा जिल्लाको कलैया उपमहानगरपालिका २० स्थित पकलीघाटबाट एपीएफ टोलीले करीव ६ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ल्यापटप बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले उक्त ल्यापटप बरामद गरेको हो ।

अवैध रुपले बीआर २२ एल ६६२८ नम्बरको मोटसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको डेल कम्पनिको १२ थान ल्यापटप तथा उक्त मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया